एमसिसी बिरुद्धमा नेपाल बन्द (प्रेस विज्ञप्ति)




धनगढी, १५ फागुन– एमसीसीको सम्झैताको बिरोधमा फाल्गुन १६ गते नेपाल बन्दको घोषणा भएको छ । एमसीसीको बिरोधमा नेकपा क्रान्तिकारी माओवादी नेकपा विप्लव , राष्ट्रिय जनमोर्चा नेपाल लगायत ६ दलको सयु्क्त मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन ।



संसद बाट एमसीसी सम्झैता पास गर्न खोजिएको भन्दै देशभर एमसीसीको बिरोध प्रदर्शन भईरहेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत आज मसाल जुलुस र भोलि नेपाल बन्दको घोषण गरिएको छ। विप्लव निकट नेकपाका नेता ओमप्रकाश पुनले सुदूरपश्चिम पनि बन्द रहने जानकारी दिए।


