अत्तरिया महोत्सवकाे गायक बद्री पंगेनीले गरे बहिष्कार




अत्तरिया, १३ फागुन– सुदूरपश्चिम प्रादेशिक महोत्सवमा लोकगायक बद्री पंगेनी सहभागी नहुने भएका छन्। महोत्सवमा सुदूरपश्चिमको मौलिक लोक संस्कृति र स्थानीयले प्राथमिकता पाउनुपर्छ भन्ने आवाज प्रति ऐक्यबद्धता एवम् समर्थन जनाउँदै उनले सहभागी नहुने निर्णय गरेका हुन्।



स्थानीय कलाकारको गुनासो र उनीहरुको माग सम्बोधन गर्दै आफु महोत्सवमा सहभागी नहुने निर्णय गरेको गायक बद्री पंगेनीले बताए। ‘अहिले स्थानीयस्तरमा जहाँ महोत्सवको आयोजना हुन्छ। त्यहाँ स्थानीय कलाकारले प्रथामिकता पाउनुपर्छ भन्ने आवाज उठ्दै आएको छ’ पंगेनीले भने ‘स्थानीयले प्रथामिकता पाउनुपर्छ भन्ने मेरो पनि माग हो। त्यसैले महोत्सवमा मैले नजाने निर्णय गरे।’ स्थानीय महोत्सवमा स्थानीय कलाकारले प्रथामिकता पाउनु राम्रो कुरो हो भएको बद्रीको भनाई रहेको छ।


अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज १३ देखि २५ फागुनसम्म आयोजना हुँदैछ। महोत्सवमा दुर्गेश भने अभिनेता पल शाहको प्रकरणमा विवादित भएपछि महोत्सव आयोजकले हटाएका हुन्।
अत्तरिया पूर्व रोडमा रहेको लामिताल परिसरमा आयोजना भएको महोत्सवमा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकको दाबी छ। महोत्सवमा देशका केही चर्चित कलाकारको अलवा सुदूरपश्चिमका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।