कैलालीमा १३ किलो चरेश सहित एक बृद्ध पक्राउ

Dadeldhura hospital

अत्तरिया, १२ फागुन- कैलालीमा १३ किलो चरेश सहित एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । आज सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरीको टोलीले चुरे गाउँपालिका वडा नं ५ लिसबेली घर भएका ७० वर्षका आइते जाग्रीलाई पक्राउ गरेको हो ।

जाग्रीको घरमा खान तलासी गर्दा कालो प्लाष्टिकमा बेरेको अवस्थामा १२ पोका लागु औषध चरेस फेला पारिएको थियो । उक्त चरेश तौल गर्दा १३ किलो रहेको र जफत गरि जाग्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अहिले उनलाइ कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...