कैलालीको धनगढीमा सञ्चालनमा आयो सुजुकी शो रुम





धनगढी, ११ फागुन– धनगढीमा सुजुकी शो रुम सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को राजपुरमा सुविधा सम्पन्न सुजुकी शो रुम सञ्चालनमा ल्याएको हो ।


उक्त स्वरुमको बुधवार एक कार्यक्रमका बिच सिजी होल्डिङ्सका अध्यक्ष अरुण कुमार चौधरी र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


यस क्षेत्रका ग्राहकहरुको मागलाई मध्यनजर गर्दै व्यवसायी पुष्पराज ओझाले स्वरुम सञ्चालनमा ल्याइएको बताएका छन् । यसैबिच ‘सुजुकी सेलेरियो’ कार सार्वजनिक गरेको छ । आज (बुधबार) सिजी मोटोकर्पको धनगढीका लागि आधिकारिक विक्रेता प्राप्ती मोटोक्रपमा सबैभन्दा धेरै इन्धन प्रभावकारी कार सेलेरियोको नयाँ मोडल सार्वजनिक गरिएको हो ।

सिजी होल्डिङ्सका अध्यक्ष चौधरी र धनगढी उपमहानगरपालिकाका नगरप्रमुख वडले संयुक्त रुपमा सेलेरियोको नयाँ स्वरुपलाई सार्वजनिक गरेका हुन् । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट-इन-सेगमेन्ट सुरक्षा लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी नयाँ सेलेरियोलाई आरामका लागि ऊर्जावान् र फराकिलो केबिनको पनि डिजाइन गरिएको जनाइएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्टुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई फरक अनुभूति दिन खोजेको छ ।
उज्यालो क्रोम एक्सेन्ट सहितको ट्विन स्लट सेन्टर, एसी भेन्टिलेसन, बोल्ड ब्यारेल-थिम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको कम्पनीले जनाएको छ । सुजुकीको एडभान्स हार्टटेक्ट प्लेट फर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । त्यस्तै सेलेरियोमा रमाइलो र आरामदायी यात्रा अनुभवका लागि सात इन्चको स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम समेत जडान गरिएको छ ।
सेलेरियोको मूल्य २७ लाख ९९ हजार देखि ३१ लाख ९९ हजार रुपियाँसम्म पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेलेरिया भीएक्सआईको मूल्य २७ लाख ९९ हजार रुपियाँ छ । त्यस्तै सेलेरियो जेटएक्सआईको मूल्य २९ लाख ९९ हजार र सेलेरियो जेटएक्सआई प्लसको मूल्य ३१ लाख ९९ हजार रुपियाँ तोकिएको छ ।



