नवजीवनको २८ औं वार्षिक साधारणसभाको तयारी तिब्र, बम समुहको प्यानल घोषणा





धनगढी, ११ फागुन– सुदूरपश्चिम कै पहिलो सहकारी संस्था नवजीवन सहकारी सस्थाको २८ औं वार्षिक साधारणसभाको तयारी तिब्र पारिएको छ । साधारण सभा मार्फत नयाँ कार्यसमिती समेत चयन हुने भएकाले चुनाबी सरगर्मी समेत बढेको छ । नयाँ नेतृत्वको लागी देब बहादुर बम र रतन कठायत प्यानल सहित चुनाबी मैदानमा उत्रिएका छन् । बमको समुहले बुधबार आफ्नो प्यानल घोषणा गरेको छ ।



जसको उपाध्यक्षमा भरत राज जोशी रहेका छन् । यस्तै सदस्यहरुमा ईन्दिरा जैशी, गोपालराज पाठक, गोमा अधिकारी, घन बहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, डा महेशराज बिष्ट रहेका छन् । त्यस्तै अन्य सदस्यमा माधब चौधरी, रबी कुँवर, बिस्वनाथ ओझा, शिवकुमार फुलारा रहेका छन् ।


सोही समुहबाट लेखा समितीमा मदनराज ओझा, गणेश प्रसाद उपाध्याय र स्वरस्वती कोली उम्मेदवार बनेका छन् । घोषणा सभामा बोल्दै अध्यक्षका उम्मेदवार बमले संस्थालाई नयाँ उचाईमा पुर्याउन आफ्नो समुहको उम्मेदवारी रहेको बताए ।
उनले आफ्नो समुहलाई सबै पार्टी, संघ संस्था र सबै शेयर सदस्यको समर्थन रहेको जिकिर गरे । नवजीवन सहकारी सस्था २०५० सालमा ९ जना शेयर सदस्यले शुरु गरेका हुन । हाल संस्थाका झन्डै ३० हजार शेयर सदस्य रहेका छन् । नयाँ कार्यसमिती चयनका लागी संस्थाको फागुन २८ गते निर्बाचन हुँदै छ ।



