कञ्चनपुरमा एक घरमा आगलागी

कञ्चनपुर- कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं.१ कलकका गणेश सिंह धामीको घरमा बुधबार आगलागी भएको प्रहरीले बताएको छ।

Dadeldhura hospital

आगलागीबाट गहुँ, भुसा, टायल आदि जलेर नष्ट भएको र दुई लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी एक हल गोरु, गाई र बाच्छो पनि आगलागीबाट घाइते भएका उनले बताए। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता थापाले बताए। उनले आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको बताएका छन्।

Loading...