विवाह समारोहमा झडप हुँदा १ को मृत्यु

धनगढी, ९ फागुन– कैलालीको भजनी नगरपालिका वडा नं. ९ स्थित एक विवाह समारोहमा झडप हुँदा सोही ठाउँ बस्ने २५ वर्षिय बसन्त चौधरीको मृत्यु भएको छ । कुटपिटमा घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

Dadeldhura hospital

बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षिय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षिय लक्ष्मण बराल, २३ वर्षिय किशन बडैला, २३ वर्षिय प्रदिप कार्की र २५ वर्षिय दिपक अवस्थी लगायतका व्यक्तिहरूका बीच नाचगान गर्ने क्रममा विवाद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए । झडपमा संलग्न ४ जना पक्राउ परेका छन् ।

Navadurga sun
Godawari sandesh

कुटपिटले गम्भीर घाइते भएका बसन्तलाई घोडाघोडी अस्पताल सुख्खड पुर्‍याइएको थियो । त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा उनको आइतवार राती मृत्यु भएको डिएसपी जोशीले बताए ।

Loading...