बैतडीमा टिप्पर दुर्घटना हुदाँ विद्यार्थीको मृत्यु

Dadeldhura hospital

बैतडी, ९, फागुन- बैतडीमा टिप्पर दुर्घटना हुदाँ ३ जना बिद्यार्थीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन् ।
पाटन नगरपालिका वडा नं. ३ स्थीत झालीमाली भिरबाट टिप्पर खस्दा टिप्परमा सवार बिद्यार्थीहरुको मृत्यु भएको हो । उक्त टिप्परमा सिगास माबीका २५ जना बिद्यार्थीहरु रहेको बुझिएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गैरहेको छ । दुर्घटनामा बिद्यार्थीहरुको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उप प्रमुख सरस्वती कोलीले बताए । अहिले आफु घटनास्थल तर्फ गइरहेको उनले बताए ।

Loading...