सुदूरपश्चिममा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

Dadeldhura hospital

अत्तरिया, ८ फागुन– सुदूरपश्चिममा आइतबार ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको अबधिमा १ हजार २४२ जनाको एन्टिजेन र २२ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै यस प्रदेशमा १ हजार १३ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । उनीहरु मध्ये २० जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ अन्य सबै होम आइसोलेसनमा रहेका छन् ।

Loading...