सुदूरपश्चिम सरकारकाे बजेट खर्च : चार वर्षमा ५९ अर्ब

धनगढी, ६ फागुन- सुदूरपश्चिम प्रदेश सरकार गठन भएको बिहीबार चार वर्ष पूरा भइसकेको छ। यो अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले एक खर्ब १८ अर्बको बजेट ल्याइएकोमा झण्डै ५९ अर्ब खर्च गरेको छ। प्रदेश सरकारले पहिलोपटक आर्थिक वर्ष २०७४/०७५ का लागि एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याएको थियो।

Ganyapdhura gau
Dadhaldhura pur

त्यसमा २५ करोड ९८ लाख रुपैयाँ मात्र खर्च भयो। प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २५ अर्ब ६ करोड ५६ लाखको बजेट ल्याएकोमा ५७ प्रतिशत अर्थात १४ अर्ब १९ करोड ५९ लाख मात्र खर्च भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा २८ अर्ब १६ करोड २० लाख बजेट ल्याएकोमा १७ अर्ब ७९ करोड अर्थात पूर्ण बजेटको ६३ प्रतिशत मात्र खर्च भयो।

Navadurga sun

आर्थिक वर्ष २०७७/०७८ मा ३३ अर्ब ३८ करोड १३ लाखको बजेट ल्याएको सुदूरपश्चिम सरकारले २२ अर्ब ९७ करोड अर्थात ६९ प्रतिशत बजेट मात्र खर्च गरेको थियो। चालू आर्थिक वर्षमा ३० अर्ब ३३ करोड ९४ लाख बजेट ल्याइएकोमा माघ मसान्तसम्म सवा चार अर्ब मात्र खर्च भएको छ। प्रदेश सरकारले चार वर्षको अवधिमा चालू बजेट धमाधम खर्च गरेको देखिएको छ भने पुँजीगत खर्च निकै कमजोर छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...