अत्तरियामा एमसीसीका बिरुद्ध प्रदर्शन





अत्तरिया, ६ फागुन- कैलालीकाे अत्तरियामा विप्लव नेतृत्वको नेकपा सहित ६ दलीय गठबन्धनले प्रदर्शन गरेका छन । उनिहरुले प्रदर्शनका क्रममा सरकार बिरुद्ध चर्को नाराबाजी सहित एमसीसी बिरुद्ध बिराेध गरेका छन । एमसीसी बिरुद्ध लेखिएका प्ले कार्ड बोक्दै उनिहरुले प्रदर्शन गरेका थिए ।


देशभर मिलेनियम च्यालेन्न्ज कर्पोरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौं र बाहिर समेत प्रदर्शन हुन थालेका छन् ।



