सुदूरपश्चिममा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु





धनगढी, ६ फागुन- सुदूरपश्चिम थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ३९ जनाको परीक्षण गर्दा शुक्रबार ३० जनामा कोराेना संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै प्रदेशभर हालसम्म १९ जना उपचाररत छन् भने ३ जना डिस्चार्ज भएका छन्।



