कञ्चनपुरको महेन्द्रनगरमा टेबुल टेनिस प्रतियोगिता हुने

Dadeldhura hospital

कञ्चनपुर, ४ फागुन– कञ्चनपुरको महेन्द्रनगरमा टेबुल टेनिस प्रतियोगिता हुने भएको छ । बुद्ध क्लासिस ईभेन्ट व्यवस्थापन टिमले फागुन दोस्रो साता महेन्द्रनगरमा टेबुल नेनिस प्रतियोगिता संचालन गर्ने भएको हो ।

बुद्ध क्लासिस ईभेन्ट व्यवस्थापन टिमका विभागिय प्रमुख जनक शाही (ठकुरी)ले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार विद्यालय, क्याम्पस र खुला तीन समुहमा प्रतियोगिता हुने छ । विजेता र उप विजेतालाई नगद सहित प्रमाण पत्र प्रदान गरिनेछ ।

Loading...