अत्तरिया जुनियर जेसिजको भित्ते पात्रो बिमोचन

अत्तरिया- कैलालीको अत्तरियामा रहेको अत्तरिया जुनियर जेसिज बर्ष २०२१ को भित्ते पात्रो बिमोचन गरिएको छ । अत्तरिया जुनियर जेसिज बर्ष २०२१ का अध्यक्ष राज भट्टको सभापतित्वमा आयोजिक एक कार्यक्रमका बिच प्रमुख अतिथी नेपाल चिकित्सक संघका पूर्व महानिर्देशक डाक्टर लक्ष्मीराज पाठकले भित्ते पात्रो बिमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डाक्टर पाठकले जुनियर जेसिजले नयाँ बर्षको पहिलो दिनमा बर्षभरिका लागि निकै महत्वपूणर् रहेको भित्ते पात्रो बिमोचन गरेकोमा धन्यवाद दिए । पाठकले कुनै पनि नयाँ काम गर्दा बिभिन्न खालका बाधा अड्चनहरु आउने भएकाले त्यसलाई सहज रुपमा समाधान गर्दै अगाडी बढेमा अवश्य पनि सफलता प्राप्त गर्न सकिने बताए ।

Navadurga sun

समाजमा सामाजिक कार्य संगसंगै युवा युवतीहरुलाई गलत बाटोमा जान रोकि सकारात्मक सन्देश प्रवाह गर्न जेसिजले महत्वपूणर् भूमिका खेलिरहेको बताए । समय नै सबैभन्दा बलबान भएकाले सही समयमा आफुलाई सही तरिकाले मार्गदर्शक गर्दै जानुपर्ने समेत बताएका छन् ।

कार्यक्रममा अत्तरिया जुनियर जेसिज बर्ष २०२१ का अध्यक्ष राज भट्टले जुनियर जेसिजले गत बर्ष नै भित्ते पात्रो प्रकाशन गर्ने योजना बनाएपनि कोरोना महामारी र सरकारले गरेको लकडाउनका कारण हुन नसकेको बताए । अध्यक्ष घट्टले गत बर्षको योजनालाई निरन्तरता दिनका लागि आफु र आफ्नो टिमले भित्ते पात्रो प्रकाशन गरेको बताए । भित्ते पात्रोका लागि सहयोग गर्ने सम्पूणर् बिज्ञापनदाता संगै सहयोगीहरुलाई उनले धन्यवाद दिएका छन् । भित्ते पात्रो बिमोचन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा अत्तरिया जेसिजका अध्यक्ष पदमराज ओझा, जुनियर जेसिजका पूर्व अध्यक्षद्धय लोकराज पाण्डे आगो, भरत खड्का, जुनियर जेसिजका संस्थापक रोशन खड्का, जिपी कोईराला सम्बद्धन केन्द्र कैलालीका अध्यक्ष जगतराम महरा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुले नयाँ बर्ष २०७८ साललाई एक आपसमा शुभकामना आदानप्रदान गर्दै स्वागत समेत गरेका छन् ।

गणेश भट्टको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन जुनियर जेसिजकी महासचिब जानुका बोहराले गरेकी थिइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...