कम्प्लेक्समा क्यामेरा जडान गरी बाघ गणना सुरु




कञ्चनपुर, २९ माघ- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित यहाँका आसपासका वन क्षेत्रमा बाघ गणना शुरु गरिएको छ । शनिबारदेखि निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघ गणना शुरु गरिएको हो ।


शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा क्यामेरा जडान गरेर बाघ गणना गरिने निकुञ्जले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार महतोले बाघको फोटो खिच्नका लागि स्वचालिक क्यामेराबाट गणना गरिने बताए । उनका अनुसार बाघ गणनाका लागि २ किलोमिटर लम्बाई र २ किलोमिटर २ सय ६० ग्रिट विभाजन गरिएको छ। शुक्लाफाँटा निकुञ्जको चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी, हिरापुर, डिभिजन वन कार्यालय कञ्चनपुर अन्र्तरत तिलकेनी, बेदकोट, दोम्मिल्ला, डाँगाजाई र डडेल्धुरा अन्र्तरगत आलिताल, नाउला र चिरकोटम गरि ११ स्थानमा क्याम्प रहेन छन ।



बाघ गणना कार्यक्रम २१ दिनसम्म चल्ने छ । ११ क्याम्प मध्ये निकुञ्ज भित्र ९५ ग्रिटमा १९० क्यामेरा, लालझाडी-ब्रम्हदेब क्याम्पमा १ सय ७ ग्रिटमा २ सय १४ र डिभिजन वन कार्यालय डडेल्धुरा जोगबुढामा ५८ ग्रिटमा १ सय १६ क्यामेरा जडान भएका छन । रहेक ग्रिटमा एक जोडी क्यामेरा १५ दिनसम्म संचालन हुनेछ ।
बाघ सर्वेक्षणका लागि कुल ५ सय २० क्यामेरा, ७० जना प्राविधिक ५ हात्ती परिचालन हुनेछन । स्वचालित क्यामेरा, सन्टो कम्पास, रेन्ज, फाईण्डर र जिपिएस उपकरण रेकर्ड गरिनेछ । ‘बाघ बस्ने स्थानमा जोडीका हिसाबले क्यामेरा राखिएका छन, ‘उनले भने, ‘बाघ हिड्दा दुवै तर्फ क्यामेराले फोटो खिच्ने छ ।’
शुक्लाफाँटामा सन २००९ देखि बाघ गणना गरिएको छ । निकुञ्जका अनुसार हाल १७ बाघ रहेका छन ।



