नेपाल विद्युत प्राधिकरणले २ साताभित्रै विद्युतको नयाँ मिटर वितरण गर्ने

अत्तरिया, २९ माघ- कैलाली कञ्चनपुर सहित पहाडी ७ जिल्लामा अबको २ साताभित्रै नयाँ विद्युत मिटर वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । भारतबाट हालै मात्र पुगेको मिटर एक साता भित्रै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयमा आइपुग्ने बताइएको छ ।

Dadeldhura hospital

नयाँ मिटर आएपश्चात उक्त मिटरलाई परीक्षण गरेर आवेदन दिएकाहरुलाई प्राथमिकीकरणको आधारमा मिटर वितरण गर्ने तयारी थालिएको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए । विद्युत मिटरका लागि बोलपत्र आह्वानमा एक वर्ष ढिलो भएकाले देशैभरी मिटरको अभाव भएको छ, अबको २ साताभित्र यो समस्या पूणर् रुपमा समाधान हुने प्रादेशिक प्रमुख चन्दले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

विद्युत वितरण केन्द्र धनगढीमा ४ हजार तथा अत्तरिया विद्युत वितरण केन्द्रमा ३ हजारको संख्यामा विद्युत मिटरका लागि आवेदन परेको छ । धनगढी विद्युत वितरण केन्द्रमा मात्र हाल महिनामा ४ सय विद्युत मिटरका लागि आवेदन पर्ने गरेको छ।

सुदूरपश्चिम प्रदेशभित्र विगत तीन महिना देखि विद्युत मिटर वितरण हुन सकेको छैन । नेपाल विद्यूत प्राधिकरण केन्द्रिय कार्यालयले ग्लोबल बोलपत्र आह्वान गरेर विद्युत मिटर आपूर्तिका लागि प्रक्रिया अघि बढाएको थियो ।

Loading...