फागुन १३ गते नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन हुने

अत्तरिया, २८ माघ- नेपाली काँग्रेसले कैलाली सहित १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ । काँग्रेसले पटक पटक सार्दै आएको कैलाली सहित १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

Dadeldhura hospital

पटक पटक सर्दै आएको जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने तय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ । पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो ।

Loading...