सेती अस्पतालको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

Dadeldhura hospital

अत्तरिया, २८ माघ- कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६० जनाको नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उपचार भइरहेको छ । तीमध्ये ४ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै ३ जना निको भई घर फर्किएका छन् ।

Loading...