सुदूरपश्चिमका तीन जिल्लाका नाका फागुन २ गतेसम्मका लागी बन्द

Dadeldhura hospital

धनगढी, २८ माघ- सुदूरपश्चिमका तीन जिल्लाका नाकाहरु बन्द गरिएका छन् । दार्चुला, कञ्चनपुर र बैतडीका नेपाल-भारत सीमानाका बन्द गरिएका हुन् । छिमेकी मुलुक भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको बताइएको छ । निर्वाचन सुरक्षाका लागि भन्दै दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी, र बैतडीको झुलाघाट नाका बन्द गरिएका हुन् ।

उत्तराखण्डमा १४ फेब्रअरी २०२२ मा विधानसभा निर्वाचन भैरहेको छ । यस्तै आजदेखि फागुन २ गतेसम्मका लागी सुदूरपश्चिमका तीन नाकाहरु बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै नाका बन्द गरिएको जनाएका हुन् ।

Loading...