सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले विज्ञापन खोल्ने

धनगढी, २७ माघ- प्रदेश सरकारको कार्यकाल सकिन केही समय मात्रै बाँकी रहँदा प्रदेशको मन्त्रिपरिषद्ले विज्ञापन खोल्न प्रदेश लोकसेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रिक्त पदमा पदपुर्ति गर्न आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई आग्रह गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताइन् ।

Navadurga sun

‘नेपाल सरकारले सुदूरपश्चिम सरकारका लागि दरबन्दी श्रेणीगत पठाएको छ, कर्मचारी समायोजन अनुसार प्रदेशमा समायोजन नहुने विशिष्ट श्रेणी प्रमुख सचिव, संघिय ऐन बमोजिमबाट पुर्ति हुने पदबाहेकलाई तहगत कायम गरी कर्मचारीको दरबन्दीको सीमाभित्र रही दरबन्दी स्वीकृत गर्ने भन्ने निर्णय भएको छ,’ उनले भनिन् ।

रिक्त दरबन्दी रहेका मन्त्रालयको माग आपुर्ति फारम भरी प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय समेत भएको उनले बताइन् । ‘७ दिनभित्र माग आपुर्ति फारम भरेर प्रदेश लोक सेवा आयोगमा पठाउनु पर्नेछ,’ उनले भनिन्, ‘वर्षौदेखि देखि रोकिएका कामहरुलाई प्रदेश लोक सेवा आयोगले सुचारु गर्नेछ ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...