सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु





सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो।



