मलेशियाको सडक दुर्घटनामा कञ्चनपुरका युवाको मृत्यु

वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बारुमा काम गर्ने शुक्लाफाँटा नगरपालिका-१२ दुवाहाका करिब २५ वर्षका राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा मृत्यु भएको छ।

९ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो। उनको शव जोहार बारुस्थित अस्पतालमा राखिएको छ।

Navadurga sun

अविवाहित चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बारुमा ६ वर्षदेखि कार्यरत थिए।

‘काकाको छोराको विवाहका लागि केही दिनमै घर आउँदै छु। केही सामानसमेत किनेको छु भनेर मलेशियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो,’ मृतकका छिमेकी बुद्धिराम चौधरीले भने, ‘फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुन्नु पर्‍यो।’

परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमा डुबैको उनले बताए। उनको शव नेपाल ल्याउन काममा मलेशिया पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र नेपाली दूतावासमा पहल भइरहेको चौधरीले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...