निर्मला हत्या प्रकरण : भारतीय नागरिकको डिएनए मिलेन

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको सिलसिलामा पक्राउ गरिएका भारतीय नागरिक अलि हसनको डिएनए भेजाइनल स्वाबसँग मिलेको छैन। मंसिर २५ गते पक्राउ परेका उनी यसअगि नै एक हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

हसनको डिएनए स्याम्पल केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा परिक्षण गरिएको थियो। अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए।

Navadurga sun

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...