प्रथम जनक स्मृती खुला भलिबल प्रतियोगिता सम्पन्न

प्रतियोगिताको उपाधि जेपी लालपुरले हात पार्न सफल

अत्तरिया, ३१ चैत- कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ लालपुरमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिताको सपन्न भएको छ । स्थानिय स्वर्गीय जनक ओझाको सम्झनामा दिपशिखा डान्स क्लबले आयोजना गरेको प्रथम जनक स्मृती खुला भलिबल प्रतियोगिता आज (मंगलबार) सम्पन्न भएको छ ।

Dadeldhura hospital

डान्स क्लबका संचालक दिर्घ साउँदको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहेका थिए । गोदावरी नगरभित्र रहेका ८ ओटा टिमहरुको सहभागी रहेको प्रतियोगिताको उपाधि जेपी लालपुरले जितेको छ ।

Navadurga sun
Godawari sandesh

आज (मंगलबार) भएको अन्तिम फाईलन खेलमा न्यू गोलादेउ युवा क्लबलाई पराजित गर्दै जेपी लालपुरले उपाधि जित्न सफल भएको हो । उपाधिसंगै जेपी क्लब लालपुरले १६ हजार बराबरको बोका र प्रमाणपत्र प्राप्त गर्ने सफल भएका छन्। भने उप बिजेता भएको न्यू गोलादेउ युवा क्लबले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको आयोजक दिपशिखा डान्स क्लबका संचालक दिर्घ साउँदले जानकारी दिए ।

बिजेता टिमलाई नगरप्रमुख साउँदले पुरुस्कार हस्तान्तरण गरेका हुन् । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा मृतक ओझाकै परिवार रहेको थियो । आज भन्दा ४ बर्ष पहिले २०७३ साल चैत ५ गतेका दिन पिकनिक मनाएर घर फर्किने क्रममा बुढितोलामा मोटरसाईकल दुर्घटनामा परि ओझाको मृत्यु भएको थियो । उनी अत्तरियामा रहेको पदमा अस्पताल प्रालिमा कार्यरत थिए । उनकै सम्झनामा पहिलो पटक लालपुरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो। कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई आयोजक दिपशिखा डान्स क्लबका संचालक साउँदले धन्यवाद समेत दिएका छन् ।

Loading...