हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु






बझाङ : बझाङमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाँउपालिका २ का २५ वर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


बिहिबार साँझ झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सुप्रप ०१००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भएको थियो।



