नगर प्रमुख हमालद्धारा कृष्णपुर–१ मा रहेकाे जनज्योती बिद्यालयको ३ कोठे भवनको शिलान्यास

अत्तरिया, २० माघ– कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. १ सुन्दरीफाँटा स्थित जनज्योती आधारभुत विद्यालयको ३ कोठे भवन शिलान्यास गरिएको छ । बिहीवार एक कार्यक्रमका विच कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले ३ कोठे विद्यालय भवन र २ कोठे शौचालयको शिलान्यास गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चामुलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर हमाल रहेका थिए । त्यसैगरी उक्त कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष गणेश सिंह ऐरी, कार्यपालिका सदस्य विमला बोहरा, वडा सदस्य तेज बहादुर चौधरी, कालिदास चौधरी, विल्डअन नेपाल धनगढीका निर्मला चौधरी, करविर वि.क. लगायतको उपस्थिती रहेको थियो ।

Navadurga sun

कार्यक्रममा बोल्दै नगर प्रमुख हमालले शैक्षिक क्षेत्रको विकास आफ्नो प्राथमिकता रहेको बताउँदै आगामी दिनहरुमा विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगर प्रमुख हमालले भवनको निर्धारित समयमा काम सक्न विल्डन नेपाललाई निर्देशन दिएका छन् ।

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चामुलाल चौधरीले विद्यालय भवन निर्माण भएपछि विद्यार्थीहरुलाई अध्यापन गर्न सहज हुने बताए । ‘भवन नहुँदा विद्यार्थीहरुलाई पढ्न समस्या रहेकाे बताउँदै अब भवन बनिसकेपछि उनीहरुलाई पढ्न निकै सहज हुने बताए । उक्त निर्माण कार्यमा सहयोगी हातहरुलाई समेत धन्यवाद दिएका छन् ।

उक्त विद्यालय भवन र शौचालय निर्माण कार्य ३९ लाखको लागतमा हुन लागेको हो । कृष्णपुर नगरपालिकाको १० लाख, विल्डअन नेपाल धनगढीको २८ लाख र बाँकी १ लाख जनसमुदायको गरी ३९ लाखको लागतमा त्रिपक्षीय साझेदारीमा अबको तीन महिना भित्र निर्माण कार्य सम्पन्न हुने जनज्योती आधारभुत विद्यालयका प्रधानाध्यापक गोविन्द चौधरीले बताए । वि.स. २०६५ सालमा स्थापना भएको यस विद्यालयमा हाल १ सय २१ विद्यार्थी अध्ययनरत रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...