महाकाली सिँचाइ आयोजना : २२ शाखा नहर निर्माणको प्रक्रियामा

कञ्चनपुर, १९ माघ– कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य सहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमाणर्को गृहकार्य अघि बढाइएको छ ।

मुल नहर निमाणर् सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमाणर्का लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए । करिब १३ किलोमिटर मुल नहर निमाणर् सकिए पनि आयोजना अन्तर्गत बाँकी १५ किलोमिटर मुल नहर निमाणर्ाधीन अवस्थामै रहेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महाकाली सिँचाइ आयोजना तेस्रो चरशाखा नहर निमाणर्को तयारी तीव्र पारेको छ । शाखा नहर निमाणर्का लागि योजना बनाउँदै आगामी फागुनभित्र शाखा नहर निमाणर्को ठेक्का आह्वान गर्ने तयारी रहेको इन्जिनियर पण्डितले बताए । भारतले महाकाली नदीदेखि नेपाल-भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ । महाकाली सन्धीअनुसार भारतले नेपालको सीमासम्म यहाँ १ हजार २ सय मिटर मूल नहर र हेडरेगुलेटर लगायतका संरचना बनाउनुपर्ने हुन्छ । सोही अनुसार भारतले नहर निमाणर् लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ रहेको छ ।

आयोजनाले नेपाल-भारत सीमा क्षेत्रमा नेपालतर्फ करिब २ सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका-९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य बिन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ । निमाणर्ाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रुख कटानका कारण ढिलाइ भएको उनले बताए ।

त्यसैगरी सिँचाइले कञ्चनपुरको महाकाली पारी दोधारा चादँनीमा समेत नहर निर्माणका लागि सर्वे थालेके भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगन भएको छ । स्थानीयले अवरोध गरेपछि दोधारा चादँनीमा सर्वेको काम अहिले रोकिएको पण्डितले बताए । उनका अनुसार त्यहाँ महाकालीबाट सिँचाइका लागि ३५० क्युसेक पानी लगिनेछ । हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि २ अर्ब ३० करोडको ठेक्का सम्झौता भए अनुसार काम भइरहेको समेत बताए ।

Loading...