एमाले गोदावरी नगर अध्यक्षमा गोकर्ण भट्ट चयन

अत्तरिया, १८ माघ– नेकपा एमाले गोदावरी नगर अध्यक्षमा गोकर्ण भट्ट चयन भएका छन । मंगलबार बसेको बन्द सत्रबाट भट्टको अध्यक्षतामा ५३ सदस्यीय कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा बल बहादुर चौधरी, सचिवमा जिवन कुमार शाह, उप– सचिवमा महाविर बिक र राधा जोशी चयन भएका छन । नगर कमिटीमा ५ सदस्य थप गरिने एमाले गोदावरी नगर कमिटीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

एमाले नगर अधिबेशनको उद्घाटन कार्तिक १५ गते गरिएको थियो । उद्घाटन सत्रको दोस्रो दिन नै नगर कमिटी चयनका लागि बन्द सत्र बसेको भएपनि सहमति हुन नसक्दा अनिश्चित कालका लागि स्थगित भएको थियो ।

सहमतिमा नयाँ कमिटी चयनका लागि मंगलबार नमस्ते होटलको पार्टी प्यालेसमा बन्द सत्र बसेको भएपनि धेरै जसो पार्टीका कार्यकर्ताले नयाँ चयन भएको कमिटीको बिरोध गरेका थिए ।

विरोधकै बिच निर्वाचन मण्डलका अध्यक्ष समेत रहेका एमाले जिल्ला अध्यक्ष रतन थापाले नयाँ कमिटीको घोषणा गरेका थिए । नयाँ कमिटीको सपथ ग्रहण भोली बिहान पार्टी कार्यालयमा हुने जनाईएको छ ।

Loading...