स्व. आमाको पुण्य तिथीमा गोदावरीका बिपन्न परिवारलाई कम्बल बितरण





अत्तरिया, १८ माघ- कैलालीको गोदावरी नगरपालिका भित्र बसोबास गर्दै आएका बिपन्न परिवारलाई कम्बल बितरण गरिएको छ । गोदावरी नगरपालिका वडा नं १ मा बसोबास गर्दै आएका युवा संकेत फुलाराले आफ्नी स्वार्गीय आमाको पुण्य तिथीको अबसरमा आज गोदावरीका २० जना बिपन्न परिवारका सदस्यलाई कम्बल बितरण गरेका हुन् ।



आमाको १९ औँ पुण्य तिथीको अबसरमा गोदावरी नगरपालिका भित्रका १२ वटै वडामा बसोबास गर्दै आएका गरिब , अति बिपन्न , बृद्धबृद्धा , अपाङगता र अशक्तलाई प्रति ब्यक्त १ का दरले २० वटा कम्बल बितरण गरेको फुलाराले बताए । उनले आमाको सम्झनामा माघको कठ्याङ्ग्रिदो जाडोमा थोरै भएपनि राहत होस भनेर बिपन्न परिवारहरु छनौट गर्दै कम्बल बितरण गरिएको बताएका छन् ।


पेशाले बिधार्थी रहेका फुलारा प्रत्येक बर्ष आफ्नी स्वार्गीय आमाको पुण्य तिथीमा आफ्नी आमाको सम्झानामा बिभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएका छन् । उनले आफ्नो खाजा खर्च कटाएर बचाएको रकम र शेयर बजारमा गरेको लगानीवाट उठेको रकमले आज बृद्धबृद्धा र अति बिपन्न परिवारका सदस्यहरुलाई जाडोको बेला कम्बल वितरण गर्न पाउँदा खुसी लागेको बताए ।
जाडो बढ्दै गएकाले ओड्नका लागि न्यानो कम्बल नहुदाँ समस्या भोगिरहेका बेला फुलाराले कम्बल दिएपछि निकै खुसी लागेको बताउदै सहभागीहरुले सधै यस्ता सामाजिक कार्यहरु गर्दै जाना फुलारालाई प्रेरणा समेत दिएका थिए । कम्बल बितरण कार्यक्रममा अत्तरियाका सामाजिक युवाहरु पुष्पराज सुबेदी, महेश बिष्ट, सुनिल कार्की लगाएत पत्रकारहरुको सहभागीता रहेको थियो ।



