सुदूरपश्चिममा साेमबार थप ४१३ जनामा संक्रमण पुष्टी
धनगढी, १७ माघ– सुदूरपश्चिम प्रदेशमा सोमबार थप ४१३ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट १४ सय ४८ जनाको नमूना परीक्षण गर्दा ४१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर मार्फत १४९ र एन्टीजेन मार्फत २६४ जनामा पुष्टि भएको हो ।


पीसीआर मार्फत सेती प्रादेशिक अस्पतालमा १००, महाकाली अस्पतालमा १७, डडेल्धुरा अस्पतालमा १८, बैतडी अस्पतालमा १०, कमलबजार अस्पतालमा ४ र एन्टीजेन मार्फत कञ्चनपुरका ६७, कैलालीका ५५, डडेल्धुराका २०, बझाङ्गका २५, बाजुराका १५, डोटीका १६, बैतडीका ३४, अछाममा १६ र दार्चुलाका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गएको २४ घण्टामा प्रदेशभर १९४ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि आइतबार यस प्रदेशमा ३३६ जनामा संक्रमण पुष्टि हुँदा २३९ जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६ सय २३ जनाको ज्यान गइसकेको छ ।
