अवैध सालको काठ सहित एक जना पक्राउ

धनगढी, १७ माघ– कैलालीमा प्रहरीले ओसारपसार भइरहेको अवस्थामा अवैध सालको काठ बरामद गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ बडिगाउँस्थित सोल्टा चिसापानी सडक खण्डमा भे १ त ६४७९ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा ७ फिटे ४५ कडी थान अवैध सालको काठ बरामद गरिएको हो ।

कसेनी बाट चिसापानी तर्फ आउँदै गरेको चालक जिल्ला सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर १० घाटगाउँ बस्ने अन्दाजी २० बर्षीय चक्र बहादुर थापाले चलाएको ट्याक्टरबाट उक्त काठ बराम गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्याक्टरबाट २६.२५ क्यु फिट काठ बरामद गरिएको हो ।

Navadurga sun

उक्त ट्याक्टर र चालकलाई आबश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय चिसापानी कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...