कैलालीको गोदावरी-१२ ओलानीमा ७ दिने उद्धघोषण तालिम सम्पन्न





अत्तरिया, १५ माघ– कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ ओलानीमा ७ दिने उद्धघोषण तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नं. १२ को आर्थिक सहयोगमा ओलानी कृषि सहकारी संस्थाले यही माघ ८ गते संचालन गरेको ७ दिने उद्धघोषण तालिम शनिबार सम्पन्न भएको हो ।


ओलानी कृषि सहकारी संस्थाका अध्यक्ष गणेश खड्काको सभापतित्वमा आयोजित समापन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष भिम बहादुर खड्का प्रमुख अतिथी रहेका थिए भने बिशिष्ट अतिथी वडा नं १२ का वडा सदस्य राधिका जोशी र ईश्वरा बि.क बिशिष्ट अतिथी रहेका थिए । त्यस्तै नेपाली काग्रेस १२ का सभापति कैलाश बि.क र काग्रेसका नगर सदस्य लक्ष्मण बि.क लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले विकास निर्माणका काम संगै युवाहरुलाई बोल्ने बानीको पनि विकास गर्नुपर्छ भनेर वडाका जनप्रतिनिधिहरु बसेत तालिमका लागि बजेट छुट्याएको बताए ।
उनले उद्धघोषण कला आफैमा अविस्मरणिय कला पनि भएकाले यस तालिमका लागि सुरुमा तालिम सिक्नेहरु पाइदैनन् कि भन्ने लागेपनि यसमा अहिले भने युवाहरुको उल्लासपूणर् सहभागिताले आफूहरुको बजेट सही सदुपयोग भयो भन्ने लागेको बताए ।
उनले वडाका युवाहरुलाई आफूले बर्षेनी बिभिन्न किसिमका तालिमहरुका लागि बजेट दिदै आएकोमा यस पटक अन्य तालिमसंगै उद्धघोषण तालिम संचालन पनि संचालन गरिएको बताए । उनले गोदावरी नगरपालिकाका १२ वटै वडा मध्येको बिकट रहेको ओलानीमा अब २०७४ साल अघिको ओलानी नरहेको बताए ।

उनले आफूहरु निर्वाचित भएर आएपछि वडाबासीका माग र चाहाना बमोजिम शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो लगायत सबैलाई समेटेर समस्याहरुको समाधान गर्दै आएको बताए ।
उनले ओलानी भन्दा आम मानिसहरुमा पानी नपाउने ठाउँ, छाउपढी प्रथा बढी मान्ने ठाउँ र छुवाछुत हुने ठाउँ भन्ने बुझ्ने गरेपनि अहिले आफूहरुले यी सबै समस्याहरुको समाधान गरेर लगेको दाबी गरे । उनले आफू जनप्रतिनिधि भएपनि नभएपनि ओलानी क्षेत्रको समर्ग विकासका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी वडा नं १२ का वडा सदस्य राधिका जोशीले कुनै पनि तालिममा सिकेका कुराहरु जब ब्यबहारिक जिवनमा लागू हुन्छ तब मात्रै तालिम सिकेको पुष्टि हुने भएकाले सिकेका कुराहरुलाई जति सक्दो ब्यवहारमा लागू गर्न सबैमा आग्रह गरिन् ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै आयोजक ओलानी कृषि सहकारी संस्थाका अध्यक्ष गणेश खड्काले तालिममा प्रशिक्षार्थीहरुले सिकेका कुराहरु आफूले समापन कार्यक्रममा देख्दा निकै खुसी लागेको बताए । उनले संस्थाले तालिम सिकेकको प्रमाण पत्र उपलब्ध गराएपनि सच्चै प्रमाण पत्रमा भएको जस्तो ब्यवहारमा पनि उतार्न सबै सहभागीहरुलाई अनुरोध गरे । उनले तालिम संचालनका लागि सहयोग गर्ने वडाका जनप्रतिनिधिहरुलाई धन्यवाद समेत दिएका छन् ।
तालिममा ७ दिन सम्म गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्ट र संचारकर्मी प्रेरणा पाण्डेले प्रशिक्षण दिएका थिए । तालिममा करिब ४० जनाको सहभागीता रहेको थियो । समापन कार्यक्रमको संचालन प्रशिक्षार्थीहरु पदमराज जोशी र नेहा साउँदले गरेका थिए ।



