प्रेस सेन्टरको १८ औं स्थापना दिवसको अवसरमा फलफूल तथा स्वास्थ्य सामग्री वितरण

कञ्चनपुर, १५ माघ– प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति कञ्चनपुरले कोभिडका बिरामीहरुलाई फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै प्रेस सेन्टर कञ्चनपुरले स्थापना दिवसको अवसरमा महाकाली अञ्चल अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।

Dadeldhura hospital

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य राजेन्द्र अवस्थी, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति सदस्य दुर्गा भट्ट, शुक्लाफाँटा नगर मितिका सचिव दिपक राज भट्ट, कञ्चनपुर प्रेस सेन्टर कञ्चनपुरका जिल्ला अध्यक्ष अरुण भट्ट लगायतका प्रेस सेन्टरका पदाधिकारीहरुले महाकाली अञ्चल अस्पतालमा रहेका आइसोलेसनका बिरामीहरुलाइ स्वास्थ्य सामग्री सहित फलफूल बितरण गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

देशभरि विभिन्न कार्यक्रमहरु गर्दै प्रेस सेन्टर नेपालले आफ्नो १८ औँ स्थापना दिवस मनाइरहेको छ । शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती कञ्चनपुरको बैठकले कोरोनाका बिरामीहरुलाई स्वास्थ्यलाभको कामना गरेको प्रेस सेन्टरका जिल्ला अध्यक्ष अरुण भट्टले बताए । स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने कार्यक्रम रहेको भएपनि कोरोनाका कारण पत्रकारहरु सँग सम्बन्धित विभिन्न कार्यक्रमलाई कोरोना नियन्त्रणपछि सहज वातावरणमा सञ्चालन गरिने अध्यक्ष भट्टले बताए ।

Loading...