सुदूरपश्चिममा ५५८ कोरोनो संक्रमित पुष्टी, २ जनाको मृत्यु




धनगढी, १३ माघ– सुदूरपश्चिम प्रदेशमा बिहीबार ५५८ कोरोना संक्रमित थपिएका छन । पिछिल्लो २४ घण्टामा १ हजार ९१३ नमूनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन ।



स्वास्थ्य निर्देशनालयका अनुसार एन्टिजेन बिधिबाट १ हजार ६०६ नमूनाको कोरोना जाँच गर्दा ३६४ र पीसीआर बिधिबाट ३०७ नमूनाको कोरोना जाँच गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको छ ।


जसमध्ये सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २ सय ३५ नमूनाको कोरोना जाँच गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मुत्यु हुनेमा गोदावरी नगरपालिका वडा नं.५ का ६२ बर्षिय पुरुष रहेका छिन भने अर्का बर्दगोरीया गाउँपालिका वडा नं.४ का ७५ बर्षिय पुरुषको मृत्यु भएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा प्रदेशमा १३० जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या पनि ३८ हजार ८४३ पुगेको छ ।



