कञ्चनपुरको जनसंख्या ५ लाख १७ हजार ६४५




कञ्चनपुर, १३ माघ– कञ्चनपुरको जनसंख्या ५ लाख १७ हजार ६ सय ४५ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार कञ्चनपुरमा पछिल्लो १० बर्षमा १ दशमलब ३२ प्रतिशत जनसंख्या बृद्धिदर रहेको छ ।


जिल्लामा पुरुषको संख्या २ लाख ४३ हजार ५ सय ९८ छ भने र २ लाख ७४ हजार ४७ महिला रहेको छन् । २०६८ को जनगणना अनुसार यहाँको जनसंख्या ४ लाख ५१ हजार २ सय ४८ थियो ।



विभागको प्रारम्भीक तथ्यांक अनुसार पालिकाहरुमा भीमदत्त नगरपालिकामा सबैभन्दा बढी जनसंख्या छ भने सबैभन्दा कम बेलडाँडीको रहेको छ । भीमदत्तमा ५९ हजार ४ सय पुरुष, ६३ हजार ९ सय १६ महिला गरी १ लाख २३ हजार ३ सय १६ जनसंख्या पुगेको छ । बेदकोट नगरपालिकाको जनसंख्या ५८ हजार २ सय ५० छ । जसमध्ये २७ हजार ५५ पुरुष र ३१ हजार १ सय ९५ महिला छन् । बेलडाँडी गाउँपालिकाको जनसंख्या २२ हजार ४१ छ । जसमध्ये ९ हजार ९ सय ३९ पुरुष र १२ हजार १ सय २ महिला छन् ।
यसैगरी, बेलौरी नगरपालिकामा २५ हजार ५ सय २६ पुरुष र २८ हजार ३ सय ९२ महिला गरी ५३ हजार ९ सय १८ जनसंख्या छ । कृष्णपुर नगरपालिकाको जनसंख्या ७२ हजार ५ सय १ छ । जसमध्ये ३४ हजार ३ सय ४७ पुरुष र ३८ हजार १ सय ५४ महिला छन् । लालझाडी गाउँपालिकामा १२ हजार २ सय ८२ पुरुष र १२ हजार ९ सय ८९ महिला गरी २५ हजार २ सय ७१ जनसंख्या पुगेको छ ।
त्यस्तै दोधाराचाँदनी नगरपालिकामा १९ हजार २ सय ५४ पुरुष र २४ हजार २ सय ३२ महिला गरी जम्मा जनसंख्या ४३ हजार ४ सय ८६ छ । पुनर्वास नगरपालिकाको जनसंख्या ६१ हजार ६ सय २८ छ । जसमध्ये २८ हजार २ सय ८६ पुरुष र ३३ हजार ३ सय ४२ महिला छन् । शुक्लाफाँटा नगरपालिकामा २४ हजार ९ सय ४८ पुरुष र २९ हजार ४ हजार ३१ महिला गरी जम्मा जनसंख्या ५४ हजार ३ सय ७९ छ ।



