हिमशिखर सहकारीको बीउ प्रशोधन तथा भण्डारण गोदामको शिलान्यास

अत्तरिया, १३ माघ– धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बीउ प्रशोधन, भण्डारण तथा बजारीकरण प्रयोजनका लागि गोदाम घरको शिलान्यास गरेको छ ।

सुदूरपश्चिम प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्री बिनीता चौधरीले भवनको शिलान्यास गरेकी हुन् । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर एक बिसनपुर सहकारीको आफ्नै जमिन १२ कठ्ठा ४ धुरमा गोदाम निर्माण हुँदै छ ।

Navadurga sun

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहित ५० लाख ४० हजार ३ सय ५९ रुपैयामा गोदाम निर्माण हुने छ । ४० लाख रुपैयाँ ज्ञान केन्द्र र १० लाख ४० हजार ३ सय ५९ रुपैयाँ हो । आगामी असार १५ गते भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको हिमशिखर सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

गोदाम शिलान्यास कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चोधरी, कृषि ज्ञान केन्द्र कार्यालय कैलालीका प्रमुख खगेन्द्र शर्मा तथा संस्थाका सम्पूर्ण पदधिकारी लेखा समितिका पदाधिकारी, प्रमुख कार्यालयका प्रवन्धक लगायत कर्मचारीको उपस्थिति थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...