कैलालीकाे गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु
अत्तरिया, १३ माघ- कैलालीको गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।


धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नं ५ घर भएका ६२ बर्षीय पुरुषको मृत्यु भएको हो ।

यही माघ ११ गते कोरोना पुष्टि भएका उनको सेती अस्पतालको आईसीयूमा उपचार भैरहेको थियो ।
उनको आज बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
