आफ्नै श्रीमतीको हत्या गरेर श्रीमान फारार




अत्तरिया, १० माघ- कैलालीको गोदावरी नगरपालिकामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आईतबार साझँ गोदावरी नगरपालिका वडा नं. ९ स्थित बल्मीका स्थानिय परशुराम रोक्का मगरले श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् ।



उनी श्रीमतीको हत्या गरेर फरार भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घरायसी झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतिलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीको भनाई रहेकाे छ ।


श्रीमतिको हत्या गरि फरार रहेका रोकामगरको खोजी कार्य भैरहेको छ भने घटनाका बिषयमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए ।



