सशस्त्र प्रहरी प्रधान कार्यालयद्वारा युवा व्यवसायी भट्ट सम्मानित

धनगढी, ९ माघ– सशस्त्र प्रहरी प्रधान कार्यालयले युवा समाजसेवी तथा व्यवसायी डिल्लीराज भट्टलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी बलको २१ औँ स्थापना दिवसको अवसरमा भट्टलाई सम्मान गरेको हो ।

Ganyapdhura gau

सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको परिसरभित्र रहेका भवनहरूमा रङरोगन तथा मर्मत सम्भार गर्नुका साथै सीमा नाकामा खटिएका सशस्त्र प्रहरी हरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराई सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै सशस्त्र प्रहरीले भट्टलाई स्थापना दिवसको अवसर पारी कदरपत्र प्रदान गरेको हो ।

Navadurga sun
Dadhaldhura pur

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालद्वारा हस्ताक्षरित कदरपत्र स्थापना दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनिपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गा प्रसाद भट्टराइले भट्टलाई सम्मान सँगै कदरपत्र प्रदान गरेका हुन् ।

सम्मान कार्यक्रम सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमै राख्ने भनिए पनि कोरोना कहरका कारण पत्र प्रदेशका बाहिनीहरूबाट प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयबाट सम्मानका लागी सुदूरपश्चिमका ४ जनाको नाम सिफारिस भई आइतबार सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालयमा एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाउँदै सम्मान सहित कदरपत्र प्रदान गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराइले जानकारी दिए । विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरीलाई सहयोग गर्नुभएका ४ जनालाई सम्मान गरिएको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...