सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

Dadeldhura hospital

धनगढी, ९ माघ– सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सम्पूणर् सेवा बन्द भएका छन् ।

आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले अत्यावश्यक सेवा बाहेक अर्को सूचना नभए सम्मका लागि बन्द गरिएको उल्लेख गरेको छ । मन्त्रालयका केही कर्मचारीमा कोरोना पुष्टि भएको र केही कर्मचारीमा मिल्दा जुल्दा लक्षण देखा परेको र उनीहरु हाल आइसोलेनमा रहेको मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Loading...