एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जना एकीकृत समाजवादीमा प्रवेश

धनगढी, ९ माघ– नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकार सहित ५ जना नेकपा (एकीकृत समाजवादीमा) प्रवेश गरेका छन् । विगत लामो समय देखी कम्युनिष्ट पार्टीमा काम गर्दै आएका कैलालीको चुरे गाउँपालिका पुराना नेता तिल बहादुर साउँद सहितकाले नेकपा एस रोजेका हुन ।

आइतबार धनगढी स्थित प्रदेश पार्टी कार्यालयमा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरीमा शाह तथा पार्टीका प्रदेश उपसचिव, संसदीय दलका नेता दीर्घ सोडारीले खाँदा दोसल्ला ओढाएर प्रेवेश गराएका हुन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै चुरे गाउँपालिकाका प्रेमलाल गौतम, जगत धामी, प्रेम पौड्याल, लाल बहादुर धामीले जनताका भावना अनुसार काम गर्ने व्यक्ति नेकपा (एस) मा मात्रै भएकाले यो पार्टी रोजेको तिल बहादुर साउँदले बताए ।

त्यस्तै उनीहरुलाई पार्टीमा स्वागत गर्दै कैलाली इञ्चार्ज समेत रहेका दीर्घ सोडारीले पार्टीप्रति आकर्षण बढेको बताएका छन् । प्रवेशीहरुको लहर चलेको समाजवादी अभियानमा आउने जोसुकैलाई उचित जिम्मेवारी दिइने बताए ।

त्यस्तै समाहित कार्यक्रममा बोल्दै पार्टीका सुदूरपश्चिम इञ्चार्ज गरिमा शाहले केपी ओलीको अंहकार र तानाशाही प्रवृतीका कारण पार्टीका पुराना नेता तथा कार्यकर्ता मु्ल पार्टी नेकपा(एस) मै आउने विश्वास गरिन् । कम्युनिष्ट पार्टीमा स्थापित नेताहरू बिस्तारै नेपा एकीकृत समाजवादीसँग जोडिने क्रम जारी छ ।

Loading...