नेपाल भारत आवजाउमा समेत कडाई गरिने, साईकल क्यारिङ्गमा समेत रोक

कञ्चनपुर, ९ माघ– कञ्चनपुरको सीमा नाकामा (नेपाल-भारत) आवजाउमा समेत कडाई गरिने भएको छ । दिनप्रतिदिन कोरोना महामारी बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन समितिले सीमा नाकाहरुमा कडाई गरिने निणर्य गरेको छ ।

Dadeldhura hospital

आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेको अध्यक्षमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आइतबार १२ बजेदेखि लागु हुने गरि साईकलमा हुने समेत क्यारिङ्ग रोक लगाउने निणर्य गरेको छ । अति आवश्यकीय कामका लागि कोभिड १९ बिरुद्ध लगाएको खोप कार्ड मोबाईलमा राखेर सुरक्षाकर्मीलाई देखाउनुपर्ने निणर्य गरेको छ ।

Navadurga sun
Godawari sandesh

विवाह, ब्रतजस्ता समाजिक कार्यका लागि २५ जनाको संख्या नबढाई र नित्य कार्य मात्र गरिने छ । एम्बुलेन्समा अनिवार्य जिपिएस राख्न लगाउने र सचेतनाका लागि अभियान संचालन गर्ने निणर्य गरेको छ ।

Loading...