एसपिएले दक्षिण कोरियामा रहेको केयू विश्वविद्यालयसँग सहकार्य गर्ने

धनगढी, ९ माघ– कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपिए) ले दक्षिण कोरियामा रहेको क्येमयुङ्ग विश्वविद्यालय (केयू) सँग सहकार्य गर्ने भएको छ । क्याम्पसले विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने भएको हो ।

नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसन (नेस्पो) को सम्वयनमा सुदूर पश्चिमाञ्चल क्याम्पसले दक्षिण कोरियामा रहेको क्येमयुङ्ग बिश्वबिद्धालय (केयू) संग सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख योगराज उपाध्याय र नेस्पोका तर्फबाट फाउन्डेसनका अध्यक्ष साम्राज्य विक्रम पाण्डेय बिच ६ बुँदै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यो सम्झौता पछि एसपिएका विद्यार्थीहरुको शैक्षिक तथा ’एक्स्ट्रा एक्टिभिटी’ मा समेत अन्तरास्ट्रिय स्तरको अनुभव तथा सिकाइ गतिविधिमा महत्वपूणर् सफलता मिल्ने प्रबन्ध निर्देशक सुवाश शाहीले बताए । उनका अनुसार विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने उद्देश्य सहित सम्झौता भएको हो ।

विद्यार्थी र विभिन्न संकायको सस्थागत विकासका लागि अभिप्रेरित, अनुसन्धान, प्रशिक्षण, विनिमय अध्ययन र स्टे प्रोग्रामहरू, पुनर्निर्माण र खेलकुदका लागि शैक्षिक गुणस्तर मानकहरू सुदृढ गर्दै अध्ययन र पूर्वाधार विकास गर्नको लागि केयू विश्वविद्यालयसँग सम्झौता गरिएको उनले बताए ।

त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बिगत २३ बर्ष देखि शैक्षिक गतिविधिमा अग्रणी भुमिका निर्वाह गर्दै आएको छ । हाल एकेडेमीले प्लस टू देखि स्नातकोत्तर सम्मका विभिन्न संकायमा पठनपाठन गराउदै आएको छ ।

Loading...