शहिद स्मृति माविको भवन उद्घाटन एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

टीकापुर, ८ माघ– कैलालीको लम्कीचुहा नगरपालीका वडा नं. १ पुर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको नवनिर्मित ४ कोठे पक्कि भवनको उद्घाटन तथा आर्थिक वर्ष २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

Ganyapdhura gau

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मोतिकला चलाउनेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सभाका प्रदेश सांसद एवम् नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापा रहेका थिए भने विशिष्ठ अतिथिमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बम र लम्कीचुहा नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत गौरिकान्त न्यौपाने रहेका थिए ।

Navadurga sun

कार्यक्रममा लम्कीचुहा नगरपालीकाका नगर कार्यपालिका सदस्य बिरमा वि.क, नेकपा एमालेका जिल्ला सदस्य एवंम् समाजसेवि दल बहादुर बिष्ट, विद्यालय सल्लाहाकार समिति संयोजक तथा समाजसेवि दिल बहादुर साउँद, हाम्रो समाजशक्ति ग्रामिण विद्युत सहकारी संस्थाका प्रवन्धक एवंम् समाजसेवी इन्द्र प्रसाद ढकाल, समाजसेवी तोर बहादुर खत्री, विद्यालय व्यावस्थापन समिति प्रतिनिधि, शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक लगायतकाको उपस्थिति रहेको थियो ।

Dadhaldhura pur

कार्यक्रममा बोल्दै प्रदेश सांसद रतन थापाले विद्यालयको प्रगति भैरहको भन्दै लम्कीचुहा नगरपालिका भित्रका सबै विद्यालयको गुणस्तरका लागि आफ्नो तर्फबाट सधैँ पहल जारी रहि रहेको बताए । केपी ओली सरकारको पालमा धेरै बजेट आएको बताउँदै अब आउने चुनावमा दक्ष व्यक्ति चयन गर्नुपर्ने पनि उनले बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष जनक बमले अहिले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएको बताए । लम्कीचुहा नगरपालिकाले अब प्रत्येक सामुदायिक विद्यालयमा घेरबार गर्ने योजना बनाएको र सबै विद्यालयलाई एउटै रंगका बनाउने योजना रहेको बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले विद्यालयको विकासका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको मुख्य भूमिका रहने भन्दै विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएमा विद्यालयमा आउने हरेक समस्या समाधानका लागि नगरपालिका शिक्षा शाखा तत्पर रहेको बताए । विकासका सन्र्दभमा विद्यालयका भवनलाई मात्र नहेरी शैक्षिक गुणस्तरका बारेमा पनि गम्भिर बन्नुपर्ने उनको भनाई रहेको थियो । भौतिक संरचनना पर्‍याप्त भएपनि, तालिम प्राप्त शिक्षक भएर पनि अभिभावकले नै सामुदायिक विद्यालय प्रति हेर्ने दृष्टिकोण फरक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै समाजसेवी दल बहादुर विष्टले शहिद स्मृति माध्यमिक विद्यालय अरु विद्यालय भन्दा फरक रहेको बताउँदै यस विद्यालयका लागि सम्बिन्धित सबै निकायले ध्यान दिनुपर्ने बताएका थिए । विद्यालय र विद्यार्थीको भविष्य नहेरे राजनिति र अन्य काम गर्नुको विकल्प नहुने समेत समाजसेवी विष्टले बताए ।

विद्यालयका प्रधानाध्यापक पूणर्प्रसाद जैसीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा विद्यालयका लेखापाल हिक्मत भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को ९७ लाख ३२ हजार ३ सय ७४ रुपैँया २६ पैसा बराबरको आयव्यय प्रस्तुत समेत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक नविन देवकोटाले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...