निर्माणाधिन मोटरेवल पुलको एमाले सचिब भट्टद्वारा निरिक्षण

अत्तरिया, ८ माघ– नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्टले गोदावरी नगरपालिका वडा नं. १ मा निर्माणाधिन मोटरेवल पुलको निरिक्षण गरेका छन । आफ्नै वडामा रहेको उक्त पुलको शनिबार निरक्षण गरेका हुन् । पुलको निरीक्षण गर्दै भट्टले पुल निर्माणको कार्य छिटो सक्न आफुले पहल गर्ने बताए ।

Dadeldhura hospital

उनले विगतमा पुल निर्माणको काम केही सुस्त भएपनी अब पुल निर्माणको कार्य तिब्र गतिमा अगाडी बढाइने बताए । उनले उक्त पुल निर्माण भए पछि अत्तरियामा रिङरोड निर्माणको कार्यलाई पनि जोड्न सकिने योजना सुनाए । पुल निर्माण भएपछि चैतन्यपुरको अत्तरिया सँग सिधा संपर्क हुने भएको छ । बिगतमा पुल नहुँदा चैतन्यपुरका बासिन्दाले धेरै दुःख पाएको स्थानियको गुनासो रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

पुलको भट्ट स्वयमले २०७६ मंसिर २१ गते शिलान्यास गरेका थिए । २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी रमन केएस जेभीसँग ६ करोड ७ लाख १ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल ६० मिटर लम्बाई र ७ मिटर चौडाई रहेको छ ।

Loading...