अत्तरिया युवा ब्यवसायी खड्काको नेतृत्वमा ‘तपाईको मास्क खै’ अभियान संचालन




अत्तरिया, ८ माघ– कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बसन्तपुरमा ‘तपाईको मास्क खै’ अभियान संचालन गरिएको छ । बसन्तपुरकै स्थानिय युवा ब्यवसायी पुस्कर खड्काको नेतृत्वमा कोरोनाको तेस्रो लहरवाट जोगिनका लागि तपाईका मास्क खै भन्ने अभियान सुरु गरिएको हो ।


गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको स्मृति युवा क्लबका अध्यक्ष तथा आर पि कन्स्ट्रक्सनका संचालक रहेका खड्काले म पनि मास्क लगाउँछु ,अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने उद्देश्य राखेर शनिबार बसन्तपुर टोलका स्थानिय तथा सर्वसाधारण यात्रुहरुलाई मास्क वितरण गरेको बताएका छन् ।



उनले स्मृति युवा क्लब र आर पि कन्स्ट्रक्सनको संयुक्त आयोजनामा संचालन गरिएको उक्त अभियान अन्र्तगत शनिबार २०० पिस मास्क वितरण गरिएको बताए ।
कैलालीमा कोरोना भाईरसको संक्रमण दर बढ्दै गएको अबस्थामा यसवाट बच्न सबैलाई अनिवार्य मास्क लगाएर मात्रै हिडडुल गर्न भन्दै सचेतना फैलाउन कार्यक्रम गरेको बताए ।
उनले एक दिन मास्क दिएर नहुने तर मास्कको प्रयोग सधै अनिवार्य गरौ भन्ने सन्देश दिनका लागि अभियान सुरु गरेको बताए । सो अभियानमा युवा समाजसेवी खड्कासंगै स्थानिय बसन्तपुर टोलका युवाहरुको सहभागिता रहेको थियो ।



