बाजुरामा जङ्गली भालुको आक्रमणबाट एक महिला घाईते





बाजुरा, ८ माघ– जिल्लामा जङ्गली भालुको आक्रमणबाट एक महिला घाईते भएकी छन । घाईते हुनेमा जिल्लाको बुढिगंगा नगरपालिका वडा नं. ४ खडालवाडाकी ४८ बर्षिया नन्दा रावत घाईते भएकी हुन् ।


शनिबार बिहान घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका छन । भालुको आक्रमणबाट उनलाई टाउको, तिघ्रा लगायत शरिरका बिभिन्न ठाउँमा गहिरो चोट लागेको रावतले बताएका छन । उनलाई थप प्राथमिक उपचारका लागी टाटेँ स्वास्थ्य चौकीमा लगिएको पारिवारिक श्रोतले जनाएको छ ।



