कैलालीको अत्तरियामा संचालनको तयारीमा रहेको अत्तरिया हस्पिटलले ठूलो संख्यामा कर्मचारी माग

अत्तरिया, ५ माघ– कैलालीको अत्तरियामा संचालनको तयारीमा रहेको अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटलले ठूलो संख्यामा कर्मचारीहरुकाे माग गरेकाे छ । अत्तरिया चोक नजिकै महेन्द्रनगर रोडमा विपन्न परिवारदेखि भिभिआईपीको उपचारको व्यवस्था सहितको अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटलले विशेषज्ञ चिकित्सक सहित १६ पदमा कर्मचारी मागेको हो ।

Ganyapdhura gau

हस्पिटलले विभिन्न पदमा योग्यता पुगेकाका चिकित्सक सहित अन्य व्यक्तिले माघ २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । थप जानकारीका लागि इच्छुक व्यक्तिले हस्पिटलको फोन नम्बर ०९१-५९०५४७, ९८४८६३६१३३, ९८०३८७६५४३ सम्पर्क गर्न सकिने छ । भने आवेदन हस्पिटलमा आएर आवश्यक कागजात बुझाउनु पर्ने हस्पिटलले जनाएको छ ।

Navadurga sun

बिपन्न,गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई प्रदेशमै सुरक्षा सहित स्तरीय सेवा दिने उदेश्यका साथ गोदावरी नगरपालिका २ महेन्द्रनगर रोड अत्तरियामा ५ तलाको भवनमा अत्तरिया हस्पिटल संचालनको तयारीमा रहेको अत्तरिया हस्पिटलका कार्यकारी प्रमुख डिल्ली पाठकले बताए।
५ जना डाक्टरहरुको टिम मिलेर हस्पिटल संचालनमा ल्याइदै छ ।

Dadhaldhura pur

हस्पिटलमा लामो समय बाहिर काम गर्दै आएका अनुभवी चिकित्सकहरूबाट विशेष किसिमको सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ । हस्पिटलमा आधुनिक उपचारका उपकरणहरु युएसजी मेशिन, ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, अक्सिजन प्लाण्ट, डाईलासिस, आकस्मिक उपचार कक्ष, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, डायलसिस, दूरबिनबाट पत्थरी, एपेन्डी साइटिसलगायतको सम्पूर्ण शल्यक्रिया, फिजियोथेरापी लगायतका सेवा उपलब्ध र आफ्नै फार्मेरी रहनेछ । भने बिरामीका लागि अस्पतालमा ३ वटा अत्याधुनिक अपरेसन कक्ष रहेका छन् । जसमा सामान्य, जटिल र अति जटिल अत्याधुनिक अपरेसन कक्ष रहेका छन् ।

अस्पतालमा आईसियु, एनआईसियु सेवा, बिरामीहरूको सहजताका लागि घरायसी बातावरण भएको वातानुकूलित सुबिधा सम्पन्न क्याबिन, महिला पुरुषका लागि छुट्टाछुट्टै जनरल वार्डसहितको व्यवस्था रहेको छ । ब्यक्तिगत सुरक्षा र स्तरीय सेवा अभावले बाहिर चेकजाचका लागि काठमाडौं, विदेश जाने भिभिआईपीलाई समेत लक्षित गरि छुट्टै तलामा पारिवारिक वातावरण, किचन, शारीरिक व्यामको व्यवस्थासहित स्तरिय सेवा दिने उदेश्य रहेको हस्पिटलका कार्यकारी प्रमुख पाठकले बताए ।

आवश्यक कर्मचारी मागको सूचना:

ADD Khali jpg
ADD Khali jpg
Loading...