सुदूरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, ५ माघ– सुदूरपश्चिम प्रदेशमा बुधबार थप ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ७४८ जनाको कोरोना परीक्षण गर्दा ४७७ जनामा संक्रमण पुष्टि भएको हो ।

१९९ जनाको पीसीआरमार्फत र २७८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत ३१७ जनाको परीक्षण गर्दा १९९ जनामा संक्रमण देखिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

जुन झण्डै ६३ प्रतिशत हुन्छ । संक्रमण पुष्टि भएकामध्ये १७२ जना बुधबार नै भारतबाट आएका नागरिक रहेका छन् । त्रिनगर-गौरीफन्टा नाकाबाट भित्रिएका ८३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८१, जुलाघाटबाट फर्केका ३, पुलघाटबाट फर्केका ३ र जौलजिवीबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिमका नाका भएर १ हजार ४४२ नेपाली स्वदेश फर्केका छन् । भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ । भारतबाट फर्कन बढेपछि नै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण निरन्तर उकालो लाग्न थालेको हो । पछिल्लो एक सातामा मात्रै प्रदेशका २ हजार ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पुस २९ गते ३१८, ३० गते ३८३, माघ १ गते २८३, २ गते १८४, ३ गते ३४५ र ४ गते ४८८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो अवधिमा परीक्षण भएका झण्डै ३० प्रतिशतमा संक्रमण देखिएका हुन् ।

Loading...