सुदूरपश्चिममा थप ४ सय ८८ जनामा कोरोना संक्रमण





धनगढी, ४ माघ– सुदूरपश्चिम प्रदेशमा मंगलबार ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । २ सय ५७ जनाको पीसीआर मार्फत र २ सय ३१ जनाको एन्टिजेन मार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।


मंगलबार संक्रमण पुष्टि भएका मध्ये १ सय १ जना मंगलबार नै भारतबाट आएका नागरिक रहेका छन् । त्रिनगर-गौरीफन्टा नाकाबाट भित्रिएका ५०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४६ र जुलाघाटबाट फर्केका ५ जनामा संक्रमण पुष्टि भएको हो ।



